तराई क्षेत्रमा गत वर्षको तुलनामा तापक्रम ३ डिग्री बढी मापन
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १२:४९:८
२३ जेठ, काठमाडौं । मुलुकको तराई क्षेत्रमा यस वर्षको तापक्रम गत वर्षभन्दा ३ डिग्री बढी मापन भएको छ । बारामा यो वर्ष अघिल्लो वर्षको तुलनामा ३ डिग्री बढी तापक्रम मापन भएको नागरिक उड्डयन कार्यालय सिमराका मौसम शाखाले जनाएको छ ।
यस वर्ष सिमरा आसपास अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको शाखाले जनाएको छ । दक्षिणी भेगमा तापक्रम अझ बढी हुनसक्ने शाखाको दाबी छ । गत वर्ष यस क्षेत्रमा अधिकतम तापक्रम ३९ डिग्रीसम्म मात्र मापन भएको थियो । हावामा मोस्चर अर्थात पानीको मात्रा घट्दो रहेकाले तापक्रम अझ बढ्ने सम्भावना रहेको जनाइएको छ ।
चर्को गर्मीले तातो हावा बहनुका साथै लू लाग्ने क्रम बढेपछि तराईका जिल्ला झापा, सुनसरी, सप्तरी लगायतमा धेरै स्थानीय तहले विद्यालय बन्द गरेका छन् । सुख्खाका कारण किसानले धानको बीउ राख्न पाएका छैनन् ।
या वर्ष गत वर्षभन्दा मनसुन ढिला सुरु हुने र वर्षा कम हुने अनुमान जल तथा मौसम पूर्वाअनुमान महाशाखाको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार