अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा निर्वाचित
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १३:५९:३२
२३ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन् ।
थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । सम्मेलनले यसअघिको कार्यकारी अध्यक्ष हुने प्रणाली हटाइ कार्यकारी महासचिव हुने बनाएको हो । “परिषदको कामलाई नियमित र चुस्त बनाउन परिषदलाई महासचिव प्रणालीमा लैजाने निर्णय भएको हो”, नेपाल तामाङ घेदुङका सङ्घीय सहअध्यक्ष कुमार घिसिङले भने।
नवनिर्वाचित महासचिव लामाले सम्मेलनले संसारभर छरिएका तामाङलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण विषयहरुमा जोड दिने बताए ।
“सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नौ वटा फरक–फरक विषयगत समितिहरु बनाएको छ । अब ती समितिहरु विषय विज्ञहरुले नेतृत्व गर्नेछन् । छ महिनाभित्र विज्ञहरुको भेला गरी त्यो समितिहरु निर्माण गरिनेछ”, उनले भने ।
सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ 'अमेरिका', सचिवमा रामप्रसाद तामाङ 'भारत', शुभराज बम्जन तामाङ 'दक्षिण कोरिया', बुदु माया योन्जन तामाङ 'रोमानिया' र कोषाध्यक्षयमा हवाल चन्द्र लामा तामाङ 'जपान'का निर्वाचित भएका छन् ।
एक्काइस वर्षअघि स्थापना भएको परिषदले अव पूर्णरुपले अन्तर्राष्ट्रिय सङ्गठनको मान्यताअनुसार काम गर्नसक्ने स्थितिमा पुगेको महासचिव लामाको भनाइ छ । सम्मेलनमा १७ सदस्यीय संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता थियो ।
परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरु सदस्य रहनेछन् । निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरुबाट सिफारिस हुनुपर्छ । हाल परिषदमा नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्ड स्थायी सदस्य छन् । राष्ट्रियमा अमेरिका, जापान, बेल्जियम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैङ्ककमा निर्यात प्रवर्द्धन कार्यक्रम
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार