रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १६:२:५२
२३ जेठ, रुकुम । रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका–१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको हो ।
आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेकाइञ्चार्ज धनबहादुर केसीेले जानकारी दिए ।
जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुवात गरिएको उनको भनाइ छ । आज जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सर्जिकल सेन्टरको उद्घाटन गरे ।
सेन्टरमा मोतियाविन्दु, जलविन्दु, आर्सनली बन्द भएको, मासु पलाएको समस्याको शल्यक्रिया हुने इञ्चार्ज केसीले जानकारी दिए । उनका अनुसार ३० लाख ५० हजार लागतमा सर्जिकल सेन्टरको स्थापना भएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु १० लाख, मुसीकोट नगरपालिकाको रु पाँच लाख र राप्ती आँखा अस्पताल दाङको रु दुई लाख गरी १७ लाखमा अपरेटिङ माइक्रोस्कोप खरिद गरिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा मुसीकोट नगरपालिकाको रु तीन लाख, बाँफिकोट गाउँपालिकाको रु तीन लाख, कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु पाँच लाख, त्रिवेणी गाउँपालिकाको रु दुई लाख ५० हजार गरी रु १३ लाख ५० हजार जेनेरेटर, ल्याम्प, ओडिसेट तथा एसी खरिद गरिएको थियो ।
आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले आगामी आर्थिक वर्षदेखि सर्जिकल सेवाको सुरुआत गरिनेछ । विसं २०६८ मा आँखा उपचार केन्द्रको स्थापना भएको १२ वर्षपछि जिल्लामा आँखा सर्जिकल सेन्टरको स्थापना भएको हो ।
सर्जिकल सेन्टर स्थापना र आँखा उपचार केन्द्रलाई सहयोग गर्ने विभिन्न २० व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान पनि पनि गरिएको नेपाल नेत्रज्योती सङ्घ रुकुम पश्चिम शाखा सभापति शिवरामखत्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार
ढुंगानाले पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ: आयोग
मंसिर ३, २०८१ सोमबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार