भारतसँग पाउडर दूध होइन भैंसी नै किन्नुपर्छ : सांसद सापकोटा
‘हेलम्बू-कालिञ्चोक-शैलुङलाई जोडेर कृषि पर्यटक प्रर्वद्धनमा बजेट छुट्यार्औं’
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १७:४९:१५
२३ जेठ, काठमाडौं । नेकपा (माओवादीकेन्द्र) सांसद माधव सापकोटाले भारतसँग पाउडर दूध नभई र्भैंसी किनेर दूधमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । सरकारले जेठ १५ मा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि मंगलबार प्रतिनिधिसभा बैठकमा छलफलमा भाग लिँदै सांसद सापकोटाले यस्तो कुरा बताएका हुन् ।
उनले आफ्ना पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री हालै भारत भ्रमणबाट फर्किँदा भैंसी लिएर आएको भनेर संसदमै भएको टिप्पणीप्रति लक्षित गर्दै यो सरकारले विगतका सरकारहरुले जसरी भारतसँग पाउडर दूध किन्ने चरित्र त्यागेर मूर्रा जातको राँगा नै ल्याएर देशभित्र नश्ल सुधार गरी दूधमा आत्मनिर्भर बनाउने कामको सुरुवात गरेको उनले बताए । सरकारले कृषि क्षेत्रलाई आधुनिक तवरले विकास गर्दै उचाइमा पुर्याउने गरी बजेट ल्याएको बताए ।
यस्तै, सापकोटाले बजेट कृषि पर्यटक प्रवद्र्धनमा बजेट नपुगेको धारणा राखे । उनले सिन्धुपाल्चोकको हेलम्बु, दोलखाको कालिञ्चोक र रामेछापको शैलुङ क्षेत्रलाई कृषि पर्यटकसँग जोडेर लैजानुपर्ने आवश्यकता औल्याए । सिन्धुपाल्चोक, रामेछाप र दोलखामा रहेका विभिन्न खनिज पर्दाथ अन्वेषण र उत्खनन गर्ने गरी बजेटमा व्यवस्था ल्याउन सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार