अमेरिका उडेको एअर इन्डियाका जहाज रुसमा आकस्मिक अवतरण, अमेरिका चिन्तामा
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:१३:३२
२४ जेठ, नयाँ दिल्ली । अमेरिकाका लागि उडान भरेको इयर इन्डियाको विमान आकस्मिक रुपमा रुसमा अवतरण भएको छ ।
सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको विमानले रुसमा आपतकालीन अवतरण गरेपछि स्थितिलाई नजिकबाट नियालिरहेको अमेरिकाले जनाएको छ।
टाटा समूहको स्वामित्वमा रहेको उक्त विमान एआई १७३ को इन्जिन फेल भएकाले रुसको मगदानतर्फ डाइभर्ट गरिएको थियो । दुई सय १६ यात्रु र १६ जना चालक दलका सदस्य सवार विमान सकुशल अवतरण भएको छ । सो विमानले मंगलवार दिल्लीबाट उडान भरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘रुसमा आकस्मिक अवतरण गरेको तथा अमेरिकी उडान भरेको सो विमानका बारेमा जानकार छौं। हामीले सो स्थितिलाई नजिकबाट नियालिरहेका छौं। यद्यपि, म यसको पुष्टि गर्न असमर्थ छु कि सो बिमानमा कति अमेरिकी नागरिकहरू थिए रु’ यद्धपी, सो बिमानमा रहेका अमेरिकी नागरिकका बारेमा जानकारी लिने काम भने भईरहेको छ ।
वेदान्त पटेलले अगाडी भने, ‘यो उडान अमेरिकाको लागि उडेको थियो। त्यसैले, निश्चित रूपमा त्यो जहाजमा अमेरिकी नागरिक रहेको सम्भावना रहन्छ तर एयर इन्डियाले यात्रुहरूलाई गन्तव्यमा लैजान अर्को उडान पठाउँदैछ।’ उनका अनुसार सबन्धित एयरलाइन्सले नै सो बारेमा सही जानकारी दिन सक्छ ।
उता, एयर इन्डियाका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘एयर इन्डियाले अब म्यागादानबाट सान फ्रान्सिस्कोको लागि जुन ८ मा वैकल्पिक उडान सञ्चालन गर्नेछ, एआई १७३ का सबै यात्रुहरू र चालक दललाई लिएर सो बिमान उडनेछ, हाल म्यागादानका स्थानीय होटलहरूमा यात्रुहरुलाई सुरक्षित राखिएको छ।’
उनका अनुसार यात्रुलाई चाँडोभन्दा चाँडो गन्तव्यमा पुर्याउने प्रयासमा प्राधिकरणले एयरलाइन्सलाई सहयोग गरिरहेको बताए। विमान (बोइङ ७७७) को चेकजाँच भइरहेको र यात्रुलाई विमानस्थलमा सबै खाले सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार