अबदेखि अत्यावश्यक सेवामा हडताल निषेध गर्ने सरकारको निर्णय, निषेधित क्षेत्र घोषणा गरिने
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:२४:१२
२४ जेठ, काठमाडौं । सरकारले अबदेखि कुनै पनि अत्यावश्यक सेवामा हडताल गर्न नदिने भएको छ । अत्वश्यक सेवामा हटताल गर्दा धेरै असर परेको भन्दै यस्तो सेवामा हडताल गर्नेमाथि कारवाही गरिने भएको छ । यस्तो सेवामा हडताल निषेध गर्ने निर्णय सरकारले गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो ।
आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । उनले कँहा–कँहा हडताल निषेध गर्ने भनेर नेपाल राजपत्रमा सूचना प्रकाशित गरिने बताइन् ।
उनले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्ष तोकिएको पनि जानकारी दिइन् । कालिमाटि तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भूजेललाई तोकिएको मन्त्री शर्माले बताइन् ।
यस्तै मन्त्रिपरिदको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत गरेको छ । जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन् ।
मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
महिला उद्यमीहरुलाई लक्षित गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’मा रुपान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो ।
यी हुन् बैठकका निर्णय
–काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने ।
–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने ।
–आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने ।
–माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति दिने ।
– मिति २०८० जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने ।
–मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको विद्युतीय ब्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार