संसदबाहिर लोगो देखाउन किन डराउँछन सांसद ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १२:३३:१६
२४ जेठ, काठमाडौं । बुधबारको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभााका सांसदहरुको चर्चा भयो । उनीहरुले प्रतिनिधिसभा बैठकमा देखाएको हर्कतलाई लिएर राष्ट्रियसभाका सांसदहरुले चिन्ता व्यक्त गर्दै भने त्यो रोग हाम्रोमा नसरोस । राष्ट्रियसभामा सांसदहरुले चर्चा गरे जस्तै सडमा पनि सांसदको मर्यादाको यस्तै चर्चा हुन्छ ।
प्रतिनिधिसभा बैठकमा सांसदहरु अमर्यादित ढंगले प्रस्तुत भएको भन्दै राष्ट्रियसभा सदस्यहरुले चिन्ता व्यक्त गर्नु स्वभाविक थियो । बैठकमा सदस्यहरु गोमादेवी ढकाल, नारायण दाहाल र सुरेश आलेमगरले प्रतिनिधिसभा बैठकमा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत भएको गुनासो मात्र गरेनन् त्यस्तो अमर्यादित भएर कुनै पनि सदस्यलाई बैठकमा नआउन आग्रह पनि गरे ।
सदस्य सुरेश आलेमगरले भने, ‘कसैले एउटा सन्दर्भमा भनेका सामान्य कुरालाई पनि उछालेर भन्ने एउटा रोग हाम्रो छिमेक घरमा देखा पर्यो । त्यो रोग हाम्रो यो घरमा पनि सर्छ कि भन्ने मलाई डर लागिरहेको छ ।’ यसैगरी दाहालले नियमावली र मूल्यमान्यता विपरीत गएर अवरोध हुने गर्दा यसले राम्रो सन्देश नदिएको बताए ।
हुन पनि सोमबारको प्रतिनिधिसभा बैठक कुनै मादक पदार्थले मातेको व्यक्तिले देखाउने चर्तिकलाभन्दा कम थिएन । मानौ यो संसद नभएर कुनै भट्टि पसल हो । भट्टिमा बसेका मादक पदार्थ सेवन कर्ताहरु बरु अलि बढी मर्यादित हुन्छन् । प्रतिनिधिसभामा देखाउने यस्तै हर्कतले गर्दा प्राय सबैजसो सांसदहरु सडक वा सार्वजनिक ठाउँमा जाँदा हिजो आज संसदको लोगो देखाउदैनन् । यो सोमबारको घटनाले मात्र भएको होइन् । प्राय बैठकमा सांसद अमर्यादित नै देखिन्छन् ।
एक सांसद भन्छन,‘अहिले राजनीतिक दलप्रति जनता आक्रासित छन् । कुन बेला कसको दिमागमा के चढेको हुन्छ । सांसदको लोगो देखेपछि उनीहरु आक्रमक भएर आइलाग्छन् । विनाकामको तनाव उत्पन्न हुन्छ र उरु सर्वसाधारण जस्तै लोगो लुकाएर हिड्ने गर्छ ।’ संसदमा अमार्यादित हर्कत गर्ने र सांसद सडकमा चिनिए भने उनीमाथि हातपात नहोला भन्न सकिने स्थिति अहिले छैन् ।
संसद बैठकमा मर्यादाभन्दा बाहिर गएर नृत्य देखाउन सांसदको संख्या धेरै नभएपनि यसको प्रभाव भने लागो लगाउने सबै सांसदमा परेको छ । पहिले सांसदभन्दा जता ततै सम्मान र इज्त दिइन्थ्यो । तर, अहिले आफ्नै कारण सांसदहरु सडकमा हिडन समेत लायक देखिएका छैनन् । डराइ डराइ र लोगो लुकाएर हिड्नु परेको छ । उनीहरुले बैठकमा प्रयोग गर्ने भाषाको पनि आज भोली सडकमा चर्चा हुन थालेको छ ।
सरकारी कार्यालयमा पनि खुलेर सांसदहरु प्रस्तुत हुन सक्दैनन् । सडकमा भेटिएका प्राय सांसदले संसदको लोगो देखाएको हुँँदैन । सांसदको काम जनताका लागि नियम कानुन बनाउने हो । उनीहरु जनताबाट निर्वाचित प्रतिनिधि हुन् । तर, तीनै जनताबाट चुनिएका प्रतिनिधि अहिले जनताको माझमा जान पनि लोगो लुकाएर जानुपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार