आन्दोलनकारीसँग वार्ता गर्न कोशी प्रदेश सरकारले बनायाे वार्ता टोली
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १३:१३:३४
२४ जेठ, काठमाडौं । कोशी नामकरणसँग असन्तुष्ट रहेका पक्षहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए ।
समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् । केहि दिनअगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन जारी राखेका छन् ।
आन्दोनलका क्रममा आन्दोलनकारी पदमबहादुर लिम्बूको निधन भएको छ । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ । पहिचानवादीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान राख्दै आएका छन् । यस अघि सरकारले वार्तामा आउन आह्वान गरेपनि वार्ता टोली गठन गर्न सकेको थिएन । पहिचानवादीहरुले भने सरकारले पत्र नपठाएसम्म वार्ताप्रति विश्वस्त हुन नसक्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार