प्रधानमन्त्रीबाट राष्ट्रघाती काम भयोः सांसद
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १३:१९:१८
२४ जेठ, काठमाडौं । राष्ट्रियसभा सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा राष्ट्रघाती नीति अवलम्वन गरेको आरोप लगाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बारेमा जानकारी गराएपछि प्रश्न गरेका सांसदहरूले सीमाको विषय र ऊर्जाको विषयमा राष्ट्रघात हुने गरी काम गरेको बताए ।
सांसद भवगती न्यौपानेले भारत भ्रमण जानुभन्दा अगाडि राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गराएर प्रम प्रचण्डले नागरिकता विधेयक कोसेली लिएर भारत गएको आरोप लगाइन् । उनले ऊर्जा सम्झौता गर्दा फुकोट कर्णाली पनि भारतलाई सुम्पिनु राष्ट्रघात नीति भएको भन्दै चुक्ने र झुक्ने किन भयो भन्ने प्रश्न गरिन् ।
सांसद इन्दिरादेवी गौतमले पनि फुकोट कर्णाली हाइड्रो बनाउने सहमति भएको हो भने के सहमति भएको हो र नेपालले पानी कति प्राप्त गर्छ ? भन्दै प्रश्न गरिन् । उनले व्यापार सन्धिको विषयमा समेत प्रश्न उठाइन् । सांसद रामचन्द्र राईले भारतीय संसद् भवनमा राखिएको नक्सामा नेपालको भूभाग राखिएको भन्दै यसमा कहिले स्पष्टीकरण सोध्ने भन्दै प्रश्न गरे ।
अर्का सांसद अनिता देवकोटाले भने सार्कको भविष्य के भयो ? शिखर सम्मेलन कहिले, कहाँ हुन्छ ? भारतका प्रधानमन्त्रीसँग कुरा के भयो भन्दै प्रश्न गरिन् । उनले नयाँ एयर रुट र कालापानीबाट भारतीय सैनिक हटाउने कुरा के भयो ? अरु सीमा विवादमा कुरा के भयो भन्दै प्रश्न उठाइन् ।
सांसद जितेन्द्रनारायण देवले भने भारत भ्रमण युगान्तकारी र ऐतिहासिक भएको भन्दै प्रशंसा गरे । अर्का सांसदद्वय सारदादेवी भट्ट र भैरवसुन्दर श्रेष्ठले लिपुलेक, कालापानी साटेर बंगलादेशसँग जाने मार्गको विषय के हो भन्दै प्रश्न उठाए ।
सांसद डा विमला राई पौडेलले गान्धीको समाधिस्थलमा मोबाइलको फोटो खिचेकोप्रति आपत्ति जनाइन् । उनले आधिकारिक फोटोग्राफर थिए कि थिएनन् ? मोबाइल फोटो खिच्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरिन् । साथै, उनले ईपीजीको कुरा उठाउँदा माहोल बिग्रिन्छ भन्नु अचम्मको भएको भन्दै यर्थाथ माग गरिन् । सांसद गोपाल भट्टराईले पनि एयर रुटको विषयमा प्रश्न उठाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार