राष्ट्रियसभा सभ्य रहेछ, प्रतिनिधिसभा त यस्ताे छैन : प्रधानमन्त्री प्रचण्ड
‘जमिन सट्टापट्टाको निर्णय गराउनेहरु नै चर्को स्वरमा बालिरहेका छन्’
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १३:५५:४४
२४ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रियसभा सभ्य र भलाद्मी पाइएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणिकरणबारेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
बैठकमा सांसदहरुले बैठकमा भारतलाई खुशी बनाउन हतारमा नागरिकता विधेयक प्रमाणिकरण गराइएको, लिपुलेक–लिम्पियाधुराबारे भारतसँग कुरा राख्न नसकेको, कालापानीलाई बंलादेश जाने बाटोसँग साट्न खोजिएको, भ्रमणमा प्रोटकल कायम राख्न नसक्दा अपमानित भएर फर्किनु परेको जस्ता विषय राखेर जवाफ मागेका थिए ।
जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणका सम्मान र उलेख्य सम्झौता भएको बताए । भ्रमणका भएको साँचो कुरा गर्दा देशभित्र जबर्जस्ती नराम्रो र गलत भएको भन्ने भाष्यबाट चर्चा र व्याख्या गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे ।
उनले भ्रमणमा केही पनि गलत सम्झौता नभएको र लिपुलेक–कालापानी–लिम्पियाधुरालाई बंगलादेश जाने बाटोसँग साटेको भन्ने हल्ला चलाएर एकाग पक्षले गलत सन्देश दिन खोजिएको बताए । भारतीय पक्षसँग भएको औपचारिक कुराकानीका क्रममा जमिन सट्टापट्टाबारे कुरा नगरेको स्पष्ट पारे ।
उनले भ्रमणका क्रममा ईपीजी र लिम्यिाधुराका कुरामा अड्किएर ऐतिहासिक उर्जा व्यापार सम्झौता हुनबाट रोक्नेतिर आफू नगएको तर सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्ने बारे निश्चित स्तरमा गम्भीर कुराकानी भएको बताए । भ्रमणले विश्वासको वातावरण बनाएको उनको दाबी छ । जमिन सट्टापट्टाको विषय आफूले कहिल्यै नगरेको, बरु सट्टापट्टा गरेर फर्किए भन्नेहरुबाटै जानकारी आफूसँग आएको उनले बताए ।
‘मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन्न । समय शायद आउँछ, मैले प्रमाण देखाउन सक्छु’, आक्रोशित भावमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले जो–जो नेताहरुले यो सट्टा भन्ने शब्द आँ पनि गर्नु हुन्थेन भन्नुभएको छ, उहाँहरुले नै सट्टाको कुरा निर्णय गराउनु भएको छ । देख्न पाउने समय आउला ।’ सीमा समस्यालाई दुवै देशले एकले अर्कालाई पोलिटिक्स मात्र गरिराख्दा विषय बल्झिने काम मात्र हुने बताउँदै सीमा समस्या समाधानका लागि अहिले भएका सम्झौताहरुले वातावरण बनाउने दाबी गरे ।
राजकीय भ्रमणमाबाहेक भारतले नेपाली टोलीको स्वागतमा राज्यमन्त्री नै आउने गरिएको उदाहार धेरै रहेको उनले बताए । ‘राम्रो हेरियो भने, कुनैबेला प्रधानमन्त्रीको भ्रमणमा विदेश सचिव आएर स्वागत गरिएको छ’ उनले भने, ‘अहिले यही विषयलाई बल लगाएर उचालेको उचाल्यै गर्न खोजिएको छ । त्यो राम्रो लक्षण होइन ।’ पहिलो पटक दुई जना प्रधानमन्त्रीले दुनियाँका अगाडि ‘सीमा समस्या हल गर्छौं’ भनेर प्रतिवद्धता जनाउनु ऐतिहासिक भएको उनले बताए ।
प्रधानमन्त्रीले यसअघिका सरकारका पालामा कार्यान्वयन हुन नसकेर रोकिएका मुर्रा जातको राँगा ल्याउने काम योपटक भएकोमा सन्तोष मान्नुपर्ने बताए । ‘यसभन्दा पहिला सहमति भएपनि काम हुन नसेका विषय पूरा हुँदा खुशी हुनुको साटो बल गरीगरी केही पनि भएन, खत्तम भयो, अपमानित भयौं भनेर जोडजोडले चिच्याएका छन्’ उनले भने, ‘धन्न राष्ट्रियसभा सभ्य रहेछ, भलाद्मी रहेछ, राम्रो लाग्यो । प्रतिनिभिसभा त यस्तो छैन । त्यसपछि बजेटमाथिको छलफलमा बोल्ने सांसदहरुले राष्ट्रियसभालाई सभ्य र अरु निकाय भन्दा पृथक हो भन्ने देखाउन सक्नुपर्नेमा जोड दिए ।
नागरिकता विधेयक प्रमाणिकरणमाथि उठाइएका प्रश्नमा उनले भने, ‘नागिरकता विधेयक प्रमाणिकरण पहिल्यै हुनुपर्थ्यो तर म भारत भ्रमणका निस्केकै दिन भएकाले शंका गर्ने ठाउँ पाएको छ, तर अहिले यो विषय अदालतमा पुगेको हुनाले धेरै बोलिरहन परेन । अदालतको कुरा सबै मान्नै पर्यो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त
मंसिर ३, २०८१ सोमबार
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार