बजेटमाथि उपेन्द्र यादवको टिप्पणीः समाजवाद विमुख र विभेदकारी
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १४:२१:२२
२४ जेठ, काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संविधानले व्यवस्था गरेको समाजवादउन्मुख नरहेको बताएका छन् । उनले बजेटमा कर्णाली र मधेशलाई एकै कित्तामा राखेर हेरिएको भन्दै बजेट विभेदकारी रहेको बताए ।
बुधबार प्रतिनिघिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले बजेटले देश र जनताको ज्वलन्त माग सम्बोधन गर्न नसक्ने ठोकुवा गरे । नयाँ नयाँ नारा दिएर सरकारले आफ्नो कमजोरी छोप्ने कोशिस भएको कुरा बजेटमा स्पष्ट झल्किएको उनले बताए ।
बजेटमा केही कुरा राम्रो रहेपनि कार्यान्वयनका लागि आवश्यक नीतिबारे चुइँक्कसम्म नबोलेको आरोप लगाए । उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनी बजेटमा उल्लेख गरेर जनताको अधिकार खोस्ने काम गरेको बताए । उनले बजेटमा उल्लेख गरिएको जिल्ला निर्वाचन कार्यालय खारेजी नीति लगायत धेरै विषय सच्याउन सरकारसँग आग्रह गरे ।
बजेट तर्जुमा र करको दर हेरफेरमा गलत पात्र राखेर सरकारको जनविरोधी चरित्र प्रदर्शन गरेको उनको भनाइ छ । निर्माण क्षेत्रको बजेटमा सरकारको प्रदुषित मनसाय देखिएको बताए । उनले बजेट समग्रममा तराई क्षेत्र र यहाँका प्रति पूर्वाग्रही रहेको उटिप्पणी गरे ।
यादवले बजेटअघि सरकारले ल्याएको आगामी आवको नीति तथा कार्यक्रमप्रति पनि कडा टिप्पणी गरेका थिए । उनी नेतृत्वको दल सहभागी रहेको सरकारले ल्याएको नीति–कार्यक्रम र बजेटप्रति चर्को असन्तुष्ट पोखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार