सात वर्षपछि बिग्रिएको साउदी अरब र इरानबीचको सम्बन्ध पुनः सुमधुर बन्ने
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १४:४०:९
२४ जेठ, एजेन्सी । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।
चिनियाँ मध्यस्थतामा तेहरान र रियादबीच भएको पछिल्लो सम्झौताअन्तर्गत वर्षौंदेखिको द्वन्द्व अन्त्य गर्न सहमत भएको केही महिनापछि मंगलबार साउदी अरबको राजधानी रियादमा इरानको दूतावास पुनः सञ्चालन भएको छ । सातवर्षको इरानी दूतावास रियादमा खुलेको हो ।
राजदूतावास उद्घाटन समारोहलाई रियादमा सम्बोधन गर्दै इरानका उपविदेशमन्त्री अलिरेजा बिग्देलीले साउदी अरब र इरानबीचको सम्बन्धका विविध आयामको चर्चा गरे । उनले साउदी अरबमा इरानको झण्डा पुनः फहराएपछि दुई देशबीचको सहकार्य नयाँ युगमा प्रवेश गरेको बताए ।
आपसी समझदारी, स्थायित्व र शान्तिका निम्ति राष्ट्र–राष्ट्रबीचको सञ्चार र संवादका लागि कूटनीति नै उत्तम माध्यम भएको उपविदेशमन्त्री बिग्देलीले बताउए। उनले असल छिमेकीको सिद्धान्तका आधारमा छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्न इरान सधैं इच्छुक रहेको बताए । आर्थिक सम्बन्ध र आपसी लगानी प्रवद्र्धनले क्षेत्रीय शान्ति र स्थायित्व हासिल गर्न मद्दत पुग्ने तर्क उनले गरे ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीका अनुसार जेद्दास्थित इरानको महावाणिज्य दूतावास र इस्लामिक सहयोग सङ्गठनको सम्पर्क कार्यालय पनि एक दिन पछि फेरि सञ्चालनमा आउनेछ । खाडी राष्ट्रका क्षेत्रीय प्रतिद्वन्द्वी इरान र साउदी अरब बीच गत मार्चमा आपसी सम्बन्ध पुनः स्थापना गर्न सहमत भएपछि मध्यपूर्वको स्थायित्व र सुरक्षामा देखिएको अनिश्चय हट्नाका साथै त्यसबाट यमनदेखि सिरियासम्म क्षेत्रीय द्वन्द्वलाई कम गर्न मद्दत मिलेको थियो ।
चीनको बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः नवीकरण गर्न र आफ्ना दूतावास एवम् कूटनीतिक नियोग पुनः खोल्ने सम्झौता भएको थियो । चीन, साउदी अरब र इरानद्वारा संयुक्त रूपमा जारी गरिएको त्रिपक्षीय विज्ञप्तिअनुसार साउदी र इरानले संयुक्त राष्ट्र सङ्घको वडापत्रका सिद्धान्त र उद्देश्यहरूको पालना गर्दै वार्ता र कूटनीतिको माध्यमबाट आफ्ना असहमतिहरूलाई समाधान गर्न सहमति जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार