आजदेखि ९ जिल्लाका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइँदै
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार ८:४१:३१
२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आजदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।
सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो ।
देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो । यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो ।
दादुरा रुवेलारोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा संक्रमितले १८ जनासम्म रोग सार्न सक्छ । मन्त्रालायले यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
मंसिर २, २०८१ आइतबार
झापाका अस्पतालमा रगत अभाव
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार