नेता ठेकेदारमाथि कारवाही गरिदिन नगरपालिकाले लेख्यो सभापति देउवा र अध्यक्ष ओलीलाई पत्र
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १२:२६:२०
२५ जेठ, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । नगरपालिकाले दुई ठेकेदारमध्ये एक नेपाली कांग्रेस समर्थक र अर्को एमाले समर्थक भएकाले उनीहरूमाथि कारबाही गर्न माग गर्दै पत्र लेखेको हो ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालो पत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्बद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्बद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न देउवा र ओली नेतालाई गुहारिएको हो ।
शाही र अधिकारी मालिक रहेको निर्माण कम्पनीसहितको जेभीले खोटाङ र उदयपुर जोड्ने महुरे–फोक्सिङटार सडकको दुई खण्डको कालो पत्रेको काम अलपत्र पारेकाले कारबाहीका लागि सम्बन्धित दलका शीर्ष नेतालाई पत्र पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानी (राजापानी) २२ किलोमिटर खण्ड कालो पत्रेको ठेक्का भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले लिएको छ । शाही सिद्धि शाहीका मालिक हुन् । यस्तै, फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक कालो पत्रेको ठेक्का देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले लिएको छ । मैना चुलीका मालिक अधिकारी हुन् । कांग्रेस डोल्पाका सभापति रहेका शाही र २०७९ मा प्रदेश सांसदमा पराजित भएका थिए ।
झापा निवासी अधिकारी एमाले नेता हुन् । ’ठेक्का लिने अनि राजनीतिक शक्तिकेन्द्रको आडमा वर्षौंसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ,’ मेयर भट्टराईले भने, ’प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।’
नगरपालिकाले १५ दिनभित्र सम्बन्धित नेता ठेकेदार आ–आफ्नो निर्माणस्थलमा नफर्किए देउवा र ओलीको घरदेखि पार्टी कार्यालयमा धर्ना दिने उल्लेख गरेको छ । नगरले नेता ठेकेदारको बचाउन नगर्न र कारबाहीको दायरामा ल्याउन सहयोग गर्न भन्दै ओलीलाई जेठ २४ गते र देउवालाई जेठ १८ गते पत्र पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार