एक घर, एक धारा अभियान तीव्र
इन्द्र रिजाल
चैत २८, २०७५ बिहिबार १५:१६:८
पोखरा । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले गाउँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार विभिन्न वडा एवं स्थान विशेष योजना अघि सारिएकामा कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने क्रममा छन् ।
स्थानीय अवस्थाका आधारमा १० देखि २० प्रतिशत जनश्रमदानसहित वडाले खानेपानीका लागि लगभग रु तीन करोड छुट्याएको उनले जानकारी दिए । गाउँपालिकाले चालू योजनामा गाउँपालिकाको वडा नं १ को लेवाडेका साथै र कुँवरगाउँ, नेपाली थर, भुवाइँ थर र फल्ला पानीलाई लक्षित गरी खानेपानी योजना अघि बढाएको छ ।
त्यस्तै वडा नं २ को सेराचौर, वडा नं ३ को पाउँदुरकोट, दमदमे, भिरमुनि दलितबस्ती, वडा नं ४ को सल्यान, ५ को पुरानोगाउँ दलित बस्ती, वडा नं ८ को बीरेठाँटी, ९ को तिखेढुङ्गा, १० को सिमे खानेपानी, ११ को छोम्रोङ्गलगायतका स्थानमा खानेपानीका योजना सञ्चालन गरेको छ ।
वडा नं ६ मा सङ्घीय बजेटअनुरुप नै खानेपानी योजना सञ्चालनमा छ । सञ्चालित योजनामध्ये कतिपयको काम सकिइसकेको र कतिपय सकिने क्रममा रहेको जानकारी दिँदै अध्यक्ष कुँवरले आगामी जेठको पहिलो सातासम्म सम्पूर्ण काम सक्ने गरी काम तीव्ररूपमा अघि बढेको जानकारी दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’
मंसिर २५, २०८१ मंगलबार
दार्चुलामा हिमपात र वर्षा, अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
राससकर्मी पोखरा समाचारदाता शर्मा सम्मानित
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार