मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२३ बने रमिला र नन्दा
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १३:३६:४९
२५ जेठ, काठमाडौं । ‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले जितेका छन् । रमिलाले मिस तर्फको उपाधि चुम्दा नन्दा मिसेज तर्फ विजेता बनिन् ।
राजधानीमा एक समारोहकाबीच आयोजित प्रतियोगितामा झरना घिमिरे फष्ट रनरअप र निर्मला खाड सेकेन्ड रनरअप घोषित भए । ग्रिन आर्टस् मिडिया प्रालिको आयोजना रहेको प्रतियोगीतामा २३ प्रतियोगी रहेका थिए ।
अपाङ्गता भएका व्यक्तिहरुको क्षमता साथै उनीहरुमा लुकेर बसेको प्रतिभालाई उजार गर्दै समाजमा सक्षम ब्यक्तिको रुपमा अगाडी ल्याउनु प्रतियोगीताको उदेश्य रहेको छ ।
प्रतियोगीतामा सहभागीलाई बिभिन्न प्रशिक्षण सहित विजेता छानिएको हो । प्रतियोगीताको निर्णायकमा आलोकश्री, प्रतिष्ठा थापा, श्रद्धा जोशी कर्माचाय, सृजल रुपाखेती, सिता सुवेदी लगायत रहेका थिए । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । अनिला ग्रिन आर्टस् मिडियाका निर्देशक पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
पुष १, २०८१ सोमबार
पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
पुष १, २०८१ सोमबार
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
पुष १, २०८१ सोमबार
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः अर्थमन्त्री पौडेल
पुष १, २०८१ सोमबार