स्ववियुको अगुवाईमा वालिङ क्याम्पसमा सरस्वतीको मन्दिर निर्माण हुँदै
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १४:३४:३७
२५ जेठ, वालिङ । वालिङ बहुमुखी क्याम्पसमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गरिने भएको छ । क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गरिन लागेको हो ।
स्ववियु निर्वाचित भएपछि पदस्थापनका क्रममा सभापति सन्दिप कंडेलले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने घोषणा गर्नु भएको थियो । पदस्थापनका क्रममा पहिलो निर्णय नै सरस्वतीको मन्दिर निर्माणको सन्दर्भमा रहेको जानकारी गराउदै सभापति कंडेलले भने,“नेपाल कै जेठो मानिने क्याम्पसमा सरस्वती माताको मन्दिर नहुँदा सबै विद्यार्थीहरुले खल्लो मान्दै आएका थिए ।”
शिक्षाकी देवी सरस्वती माता हाम्रो आस्थाको केन्द्र हो त्यसैले क्याम्पस परिसरमा सरस्वती माताको मन्दिर निर्माण गर्न लागेका हौं सभापति कंडेलले भने ।
मन्दिर निर्माणका लागि विहिवार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोईराला, निमित्त क्याम्पस प्रमुख युवराज पाठक, स्ववियु सभापति कंडेल,विभिन्न विभागका प्रमुखहरु, प्राध्यापकहरु लगायतले संयुक्त रुपमा सिलन्यास गरेका हुन् । सवैको सहयोगमा सरस्वती माताको मन्दिर निर्माण सम्पन्न गरिने सभापति कंडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार