चुरे छुनुभयो भने आगो बल्छ : रघुजी पन्त
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १४:३४:३७
२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद रघु जी पन्तले चुरेको ढुगा, गिट्टी र माटो उत्खनन गरेर बिक्री गर्ने सोच नराख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा धारणा राख्दै सांसद पन्तले सरकारले बजेटमा चुरेको ढुंगा, गिट्टी विदेशमा बिक्री गर्ने नीति राखेर राष्ट्रघाती कदम चालेको आरोप लगाए छ । उनले बजेट देश र जनताको पक्षमा नरहेको टिप्पणी गरे । साथै ‘दाल के को गहतको, बजेट कसको महतको’ भन्दै व्यंग्य समेत गरे ।
उनले सरकारले कुनैपनि बाहानामा चुरेको ढुंगा, गिट्टी र माटो उत्खनन गरेर निर्यात गर्ने कोशिस गरे आगो बाल्ने चेतावनी दिए । उनले प्रधानमन्त्री प्रचण्डको गोरखा, अर्थमन्त्रीको नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरामा बजेटका ५० प्रतिशत हिस्सा खन्याएको समाचार आएको भन्दै यसमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘सरकारले चुरेको ढुंगा, माटो र गिट्टी बेच्छु् भनेको सोचेको छु भने ख्याल गर्नू’ उनले भने, ‘त्यसो गरियो देशमा आगो बल्छ ।
तत्कालीन सरकारले २०७४ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसहित यस क्षेत्रमा उत्खनन गर्न रोक लगाउँदै आइरहेको छ । चुरे तराईका जिल्लामा पानी मुख्य स्रोत मानिएको छ । यहाँका ढुंगा गिट्टी झिकिए तराई भरुमूमिमा परिणत हुने चिन्ता नागरिक तहसम्म परेको छ ।
तर सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चुरेमा रहेका ढुंगा र गिट्टी उत्खनन गरी निर्यात गरेर व्यापार घाटा घटाउने सक्ने लक्ष्य समेटिएको छ । जसको चौतर्फी विरोध भइरहेको छ । यसअघि एमाले नेतृत्वको सरकारले पनि २०७८ को आवमा चुरे उत्खनन गर्ने घोषणा गरेको थियो । तर विरोधकै कारण रोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१२ जिल्लाका ४३ वटा स्थानीय तह संकटग्रस्त, पुल सडक बनाउन २५ अर्ब खर्च
असोज १९, २०८१ शनिबार
तुईन र फड्केले जोडियो तातोपानी नाका
असोज १८, २०८१ शुक्रबार
एकचालीस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार