बजेटमा निर्माण क्षेत्रलाई महत्वसाथ समेटिएको छ : सञ्जय गौतम
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १४:५२:५५
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले ल्याएको बजेट सकारात्मक रहेको बताएका न् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वष २०८०/८१ को बजेटमाथि छलफलमा धारणा राख्दै सांसद गौतमले अर्थमन्त्रीले देश र जनताको चाहना र आवश्यकताअनुरुप ल्याएको जिकिर गरेर ।
उनले बजेटमा कृषि र शिक्षामा धेरै कुरा प्राथमिकतामा राखिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई धन्यवाद समेत दिए ।
तराई क्षेत्रमा हुने बाढी र डुबानलाई महत्वसाथ बजेटमा राख्न सरकारलाई सुझाव दिए । बर्दियामा वर्षेनि डुबानले नागरिक हैरानीमा पर्ने गरिएको र अलपत्रमा पारिएका पुलका कारण वर्षात्मा स्थानीयले चर्को दुःख व्यहोर्नु परिरहेकाे अवस्थातर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले आफूले सधैं जनताको सुविधा र मुलुकको विकासको पक्षमा आवाज उठाइरहेको बताउँदै सोही क्रममा बर्दियामा निर्माणकै क्रममा अलपत्र पारिएका पुलमुनि ८ दिन आमरण अनसन बसेको बताए । बजेट राम्रो रहेको र यसलाई कार्यान्वयन गर्न सबै दल एकजुट हुन आग्रह गरे ।
बजेटमा राम्रा पक्षको कार्यान्वयनमा आफू आगामी दिन पनि निरन्तर लागिपर्ने र सम्पूर्ण सांसदहरुलाई पनि यसमा लाग्न प्रेरित लागि कोशिस गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार