मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १५:२५:१
२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।
उनले सन् १८१६ को तत्कालीन भारतमा उपनिवेश राज गरिरहेको बिट्रिसकाे इष्ट इण्डियन कम्पनी-नेपालबीच भएको सम्झौता ताकाका भू-भाग समेटिएको नक्सा मेयर बालेनले कार्यकक्षाको भित्तामा ‘गेटर नेपाल’को नक्सा राखेका हुन् । उनले यो नक्सा हालै राखेका हुन् ।
नेपालको दक्षिणी छिमेकी भारतले प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका आफ्नो नयाँ संसद भवनमा भित्तामा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको भू-भाग लुम्बिनी, कपिलवस्तु लगायत समेटेपछि भारतीय शासकविरुद्ध आक्रोश पोखिरहेको बेला मेयर साहले ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । मेयर साह गत वर्ष वैशाखमा भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर निर्वाचित भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा विराेध जनाएपनि अहिलेसम्म भारतले आफ्नो नक्सा हटाएको छैन । उल्टै ‘सांस्कृति नक्सा’ मात्र भएको जवाफ दिँदै आएको छ । नेपालले भारतले ल्याएको नयाँ नक्सा ‘अखण्ड भारत’लाई हस्तक्षेपको रुपमा लिएको छ । साह अहिले भारत भ्रमणमा छन् । उनकै निर्देशनमा ग्रेटर नेपालको नक्सा राखिएको बताइन्छ ।
भारतले आफ्नो नक्सामा नेपालको भूमि समेटेर सार्वजनिक गरेयता नेपालमा जनप्रतिनिधिले ग्रेटर नेपालको नक्सा औपचारिक रुपमा कार्यकक्षामा राखेको यो सायद पहिलो घटना हो । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउनु पर्ने बताएका थिए ।
जारी संसद बैठकमा बोल्ने सांसदहरुले नेपालले पनि भारतबाट ब्रिटिस (अंग्रेज) फिर्ता गएपछि भारतले हडपेको जग्गा समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
यो नक्सा बोकेर ग्रेटर नेपाल नामक संस्था गठन गरी भारतले अतिक्रमण गरेर मिचिएको जमिन फिर्ताकाे माग गर्दै अभियन्ता फणिन्द्र नेपालले भारतसँग ग्रेटर नेपालबमोजिम भूमि लिनुपर्ने अभियान चलाउँदै आएका छन् ।
उनले भारतका उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणमा हुँदा यो नक्सासहित प्रदर्शन गर्दै आएका छन् । ग्रेटर नक्सामा पूर्वमा टिष्टा र पश्चिममा कुमाउ गडवालसम्म समेटिएको छ । तर भारतले गडवालभन्दा वर लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्म अतिक्रमण गरी आफ्नो फौज तैनाथ गरिरहेको नेपालकाे दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार