पहिचानवादीहरुको आन्दोलनः उपसभामुखमाथि आक्रमण प्रयास, एमाले नेता रानामाथि कालोमोसो
आक्रमणप्रति एमालेले गरायो संसदमा सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १५:५८:१६
२५ जेठ, काठमाडौं । कोशी नामकरणप्रति असन्तुष्ट जनाउँदै झण्डै ४ महिनादेखि आन्दोलन गर्दै आइरहेका पहिचानवादी पक्षधरहरुले बिहीबार कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारमाथि आक्रमण प्रयास गरेका छन् ।
उदयपुरकाे त्रियुगा नगरपालिका कार्यक्रममा सहभागी हुन जाने क्रममा आन्दोलनकारीहरुले उनीहरू सवार गाडी गाईघाटमा रोकेर ढुंगा प्रहार गरेका छन् । उनीसँगै त्रियुगा नपाकी उपप्रमुख महेश्वरी राईमाथि पनि ढुंगामुढा गरिएको छ । उपसभामुख दनुवार गाईघाटबाट निर्वाचित एमाले सांसद हुन् । उनी एमालेबाट उपसभामुख निर्वाचित भएकी हुन् ।
एमालेका अनुसार बिहीबार इलाममा एमालेको कोशी प्रदेश संसदीय दलका उपनेता राम राना मगरमाथि पनि कालोमोसो दलेका छन् । घटनाको पुष्टि कोशी नाम खारेजी संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले गरेका छन् । उनले नेता मगरलाई गाडीमा कालो मोसो हालेर ‘स्वागत’ गरिएको बताए ।
एमालेद्वारा सरकारको ध्यानाकर्षण
यसै बीच एमालेले आफ्ना पार्टीका नेता र जनप्रतिनिधिहरूमाथि आन्दोलनकारीले आक्रमण र आगजनी गरी ज्यान लिने तहसम्मको आपराधिक गतिविधिमा उत्रिएको भन्दै घटनाबारे पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
बजेटमाथि छलफल भइरहेको प्रतिनिधिसभाको जारी बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सभामुखमार्फत घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरे । दोषीलाई कारबाहीको दायरामा नल्याइए एमाले प्रतिवादमा उत्रने चेतावनी दिए । उनले घटनाका सरकारमा रहेका दलका कार्यकर्ताहरूको संलग्नता रहेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार