एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आयोः ओली
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १६:६:५४
२५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मुठभेड गर्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले जातजातिका नाममा देशमा दङ्गाफसाद गराउने षडयन्त्र गरिरहेको भन्दै यसका विरुद्ध एमाले चुप लागेर बस्न नहुने बताएका हुन् । सत्तापक्षकै तयारीमा एमालेमाथि भौतिक आक्रमण भएको ओलीको भनाइ छ ।
ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एकीकृत समाजवादी परित्याग गरी एमालेमा समाहित भएका नेता–कार्यकर्तालाई स्वागत गर्दै उनले कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेको बताए । पहिचानवादका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै उनले एमाले प्रतिवादमा उत्रिने बताए ।
नेपाललाई जातजातिका नाममा दङ्गाफसाद गराउने षडयन्त्रबाट पुष्पकमल दाहालले देशभर पहिचानको विष फैलाउने कोसिस गरेको गम्भीर आरोप लगाउँदै ओलीले प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे । नेपाललाई जातजातिका नाममा दङ्गाफसाद गराउने, यो किरात प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ, नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो, ओलीले भने ।
उनले भने, ‘गैरकिरात त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त । प्रचण्डले सकेन यो विषको आगो फैलाउन, प्रचण्डले खोजेको हो, देशभर विषको आगो फैलाउन, पहिचानको राजनीति ल्याउन, जात जातका राज्य, यो कोसिस गरेको हो । भड्काउन, बिथोल्न खोजेको हो । प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता देखियो । नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुनः विचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एकछिनमा पहिचानवादी, एकछिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार