शेयरबजारमा सुधार जारी, २ अर्ब बढीको खरिदबिक्री
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १६:१०:४६
२५ जेठ, काठमाडौं । शेयरबजारमा लगातार तेस्रो दिन सुधार भएको छ । बिहीबार नेप्से सूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेको छ ।
२ अर्ब ३० करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ । पछिल्लो केही समययता नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार हुँदै गएको छ । विशेषगरी, शेयरबजारलाई प्रभावित बनाइरहेका समस्यहरु क्रमशः हल हुँदै जाँदा बजार पनि सकारात्मक बन्न थालेको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अवस्थामा सुधार हुँदै गएको छ । कर्जा निक्षेपको अनुपात तल आएको छ भने अन्तर बैंक ब्याजदर पनि घटेको छ । गत वर्ष बाह्य कारणहरुले अर्थतन्त्रमा असर गरेको थियो र उच्च ब्याजदरका कारण सेयर बजार पनि प्रभावित बनेको थियो । यद्दपि, पछिल्लो समय ब्याजदर केही घट्ने क्रममा रहेको छ ।
साथै, शेयरबजारको बियरिस चक्र पनि करिब पूरा भइसकेकाले बजारले सकारात्मक गति समाउने लगानीकर्ताको आशा छ । बिहीबार २७३ कम्पनीको ५९ लाख ६२ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । दोल्ती पावर कम्पनीको सेयर भाउमा सकारत्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आइजीआई प्रुडेन्सियल इन्सुरेन्स अघि आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार