दुर्घटनाग्रस्त अर्थतन्त्रलाई यहाँसम्म ल्याए, चलायमान बनाउन निजी क्षेत्रको साथ चाहिन्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १६:५९:४६
२५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र दुर्घटनाग्रस्त अवस्थाबाट सुधारको दिशामा आएको भन्दै यसलाई चलायमान बनाउन आफूलाई निजी क्षेत्रको साथ चाहिएको बताएका छन् । उनले दुर्घटनाको डिलमा रहेको अर्थतन्त्रलाई आफूले सुधार गरेर अहिलेको अवस्थामा ल्याएको दाबी पनि गरेका छन् ।
बिहीबार आईएमई समूहको लगानी र प्रवर्द्धनमा बुटवलमा सञ्चालनमा आएको लुम्बिनी केबुलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निकै कठिन मोडमा पुगेको अर्थतन्त्र अब सुधारिएको अवस्थामा आएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । म प्रधानमन्त्री हुँदा देशको अर्थतन्त्र निकै संकटपूर्ण स्थितिमा रहेको निजी क्षेत्रको सहयोग र सरकारको अधिकतम प्रयासले अहिले केही सुधार देखिएको उनले बताए ।
देशको अर्थतन्त्रलाई चलायमान गराउने गतिविधिका हरेक योजनामा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले बताए । प्रचण्डले केबुलकारले लुम्बिनी आउने भारतीय पर्यटकलाई यस क्षेत्रमा बास बस्न र पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने आशा व्यक्त गरे । लुम्बिनी केबुलकारले भारतसँगको सम्बन्धलाई पनि अझै उचाइमा पुर्याउने उनको दाबी छ ।
भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपाल र भारतको सम्बन्ध संस्कृति र धार्मिकतासँग जोडिएको बताए । उनले लुम्बिनी आउने उत्तर प्रदेशका जनतालाई बुटवलको केबलकारले आकर्षित गर्ने बताए । दुवै देशको सम्बन्ध जनस्तरको हुनुपर्ने उनको सुझाव थियो । प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणले नेपाल र भारतको सम्बन्ध जनस्तरमा लैजानका लागि सहयोग भएको बताएका थिए ।
लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । उद्घाटन कार्यक्रममा रूपन्देहीको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले लुम्बिनी केबुलकार र भैरहवाको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनले बुटवल र सिंगो लुम्बिनी प्रदेशको धार्मिक पर्यटन र आर्थिक अवस्थामा परिवर्तन ल्याउने बताए ।
केबलकारको बटम स्टेसन समुद्री सतहबाट २ सय ३० र बटम स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ । बुटवल उपमहानगरपालिका ३, गोलपार्कस्थित बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुर डाँडोलाई जोड्ने गरी निर्माण भएको केबुलकारमा निजी क्षेत्रको साढे ३ अर्ब लगानी छ । साढे दुई किलोमिटर दुरी रहेको लुम्बिनी केबुलकार लुम्बिनी प्रदेशकै पहिलो केबुलकार हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक लाख ३५ हजारभन्दा बढीले मुस्ताङ घुम्ने
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार