रोजगारी दिने उद्योगलाई विद्युतमा सहुलियत दिनुपर्नेमा लिङ्देनको जोड
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १७:२८:१०
२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले देशभित्र रोजगारी दिने उद्योगलाई बिजुलीमा सहुलियत दिनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद लिङदेनले उत्पादित विद्युतको नेपालमै सदुपयोग गर्न उद्योगलाई सहुलियत दिने नीति बनाउनुपर्ने बताए ।
सहुलियत दिने नीतिले विद्युत् उपभोगमा सबैलाई प्रोत्साहित गर्ने र कालान्तरमा पेट्रोलियम पदार्थ आयात कटाैती गर्न महत्वपूर्ण पक्ष सावित हुने उनको भनाइ थियो ।
ठूला यातायातका विद्युतीय बसहरु ल्याउँदा भन्सारमा छुट र धेरै मात्रामा रोजगार दिने उद्योगहरुलाई बिजुली सहुलियत दिँदा बजेटले लिएको न्यूनतम् उद्देश्य भेटिने उनको भनाइ थियो ।
बजेटले जनसांख्यिक लाभ दिनेबारे ठोस कार्यक्रम ल्याउन नसकेको उनले बताए । ‘अहिले १५ देखि ५९ वर्षसम्मको मान्छेको संख्या ६२ प्रतिशत छ भनिन्छ । जनसंख्याको ११ प्रतिशत त आज वैदेशिक रोजगारीमा छ । बाँकी रहेकाहरु पनि बेरोजगार छन्’ उनले भने, ‘त्यो जनसंख्याको लाभ यो बजेटले कसरी दिन्छ ?’
वैदेशिक रोजगारका नयाँ गन्तव्य खोजी गर्ने कुरा बजेटमा राखेर देशका युवाहरुलाई विदेश पठाउने विषयलाई सरकारले बढवा दिएको बताए । युवालाई विदेश पठाएर देशकाे समृद्धि संभव नहुने उनले बताए ।
‘केही यस्ता क्षेत्रहरुपनि निर्धारण गरौँ, जहाँ कसैले रोजगारमूलक उद्योगहरू खोल्छ, हजारौँ मानिसलाई रोजगारी दिने उद्योगहरू खोल्छ भने उसलाई विद्युतमा सहुलियत दिने व्यवस्था गरौं’ उनले भने । उनले किसानलाई सिधा प्रभावित तुल्याउने रासायिक मल कारखाना खोल्नेबारे बजेट मौन बसेको भन्दै मल कारखाना खोल्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाउ दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा एक हजार र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल
असोज ६, २०८१ आइतबार
बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
भदौ २८, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी
असोज ७, २०८१ सोमबार
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
काभा क्लब च्याम्पियनसिप जितेर स्वदेश फर्कियो पुलिस
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति सुरु
असोज ७, २०८१ सोमबार