जिल्ला अदालतमा आज टोपबहादुर रायमाझी र उनका छोराको थुनछेक बहस हुने
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार ८:२७:४
२६ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज पूर्व उपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोराको तर्फबाट बहस हुने भएको छ ।
अभियोग पत्रको क्रमअनुसार सुरु भएको बहसमा अब टोपबहादुर र उनका छोरा सन्दीप रायमाझी रहेको पालो छ । पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालसहितको टोलीले बहस गर्नेछ ।
टोपबहादुरले सहअभियुक्त सानु भण्डारीबाट नेपाली नागरिकलाई भुटानी शरर्णार्थीहरु बनाई अमेरिका पठाउन १ करोड ६० लाख लिएको अभियोग पत्रमा दाबी छ । त्यस्तै भण्डारीबाटै उनका छोरा सन्दीपले ४० लाख लिइएको दाबी गरिएको छ ।
आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले प्रत्येक प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधबारबाट अभियुक्तहरूको बहस सुरु भएको हो ।
अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो । हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ । अभियुक्तहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ र ईन्द्रजीत राईको बहस सकिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार