ट्रम्पमाथि फेरि लाग्यो अर्को मुद्दा, गोप्य कागजात आफैसँग राखेको आरोप
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार ९:१३:३
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news522620._1_ve8gIAKqya_pm6U5BPSCS.jpg)
२६ जेठ, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ कम हुने नाम लिइरहेको छैन । अहिले फेरी ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ ।
ह्वाइट हाउस छाडेपछि पनि ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ । र, साथै गलत अभिव्यक्ति पनि दिएका छन् । जसकाकारण अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।
डोनाल्ड ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन् । मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि उनलाई समन प्राप्त भएको छ। मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। तर, केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए ।
यसैबीच, उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ। म निर्दोष छु।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार