तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टी स्थल नजिकै विस्फोट, ११ जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार ९:२४:५३
२६ जेठ, एजेन्सी । अफगानिस्तानको बदख्सान प्रान्तका पूर्व डेपुटी गभर्नरको अन्त्येष्टि स्थल नजिकै भएको विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।
टोलो न्युजका अनुसार बदख्सानको फैजाबादस्थित नवाबी मस्जिदमा भएको सो विस्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीहरुको अझै पत्ता लाग्न सकेको छैन ।
गत मंगलबार बिहान भएको आत्मघाती हमलामा बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको मृत्यु भएको थियो, सो गर्भनरको अन्त्येष्टीमा सहभागी हुन पुगेकाहरुलालाई लक्षित गरी सो बिष्फोट गराउँदा थप ११ जनाको मृत्यु भएको हो ।
मिडिया रिपोर्टका अनुसार बिहीबार अहमदीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू सहभागी थिए। अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरका अनुसार बिहीबार नबावी मस्जिद नजिकै भएको विष्फोटमा एक पूर्व तालिबानी प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य ३० भन्दा बढी घाइते भएका छन्।
टकोरले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरे । सञ्चार तथा संस्कृति विभागका एक अधिकारीले बिहीबार भएको विस्फोटमा बागलानका पूर्व प्रहरी प्रमुख सफिउल्लाह समीमको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।
हालसम्म कुनै पनि आतंकवादी संगठनले सो आक्रमणको जिम्मेवारी लिएको छैन। मंगलबार भएको कार बम विष्फोटको जिम्मेवारी सशस्त्र समूह आईएसआईएलले लिएको थियो । सो विष्फोटपछि तालिबान सुरक्षा बलले आईएसआईएलका सदस्यहरू विरुद्ध कारबाही तीव्र पारेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार