आजबाट रिपब्लिक मिडियाको आईपीओ बिक्री खुला
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार ९:३६:३३
२६ जेठ, काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आज जेठ २६ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४३ करोड ५३ लाख रुपैयाँको आईपीओ बिक्रीमा ल्याएको हो ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता शेयर निष्कासन गरेको हो । योमध्ये ४५ ले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यसैगरी, ५५ ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले यसमा जेठ ३० गतेसम्म आवेदन दिन पाउने छन् । उक्त समयसम्ममा सबै शेयर बिक्री नभएमा भने असार ८ गतेसम्म आईपीओ खुला रहनेछ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । यो नेपालको आईपीओ जारी गर्ने पहिलो मिडिया कम्पनी हो ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले नेपाल रिपब्लिक मिडियालाई ‘आइआरएन बी प्लास’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । २०७९ असोज ३० गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज २५ गतेसम्म बाहल रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार