जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित, यात्रुलाई हिँडडुल गर्न समस्या
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार ११:१४:२५
२६ जेठ, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभाबी फालिएको फोहोरले दुर्गन्धित बनेको हो ।
जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताए । नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभाबी फालिएको फोहोरका कारण कुरुप बन्दै गएको छ ।
जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताए । उनले भने, “जततातै फालिएको फोहोरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने अर्कातिर श्वास फेर्न गाह्रो भइरहेको छ ।”
नगरपालिकाको फोहर पनि सडक किनारमै फालिने गरेको गुनासोसमेत रहेको छ । फोहोरले नाली र होमपाइप जाम भएका छन् । सिसाका बोतल, प्लाष्टिकलगायतका फोहर जथाभाबी फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय भागरथी चन्दले बताए । उनले भने, “फोहरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ । सिसा, प्लाष्टिक, कार्टुनलगायतका फोहरले घाँज काट्न समस्या हुने गरेको छ । बालबालिकालाई पनि हिँडडुल गर्न समस्या छ ।”
जथाभावी फालिएको फोहोरले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले जनाएका छन् । नगरपालिकासँग फोहर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै पहल नभएको स्थानीयको आरोप छ । फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको व्यवसायी नेगीले बताए । उनले भने, “बजार क्षेत्रमा जथाभाबी फालिने फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक गुहारिसक्यौँ तर कुनै चासो दिएको छैन ।”
नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भने पनि डम्पिङसाइट नहुँदा समस्या भएको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती विष्टले बताए । उनले भने, “अव्यवस्थित फोहर व्यवस्थापनका लागि डम्पिङसाइटका लागि ठाउँ खोजिरहेका छौँ । डम्पिङसाइटकोे टुङ्गो लागेपछि जतिसक्दो चाँडो फोहर व्यवस्थापन गर्छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन
असोज १७, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड
भदौ ३१, २०८१ सोमबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार