प्रतिनिधिसभाको बैठकमा एमालेको आक्रोशः कोशीमा पार्टीका नेताहरुमाथि कसको इसारामा आक्रमण भइरहेका छन् ?
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:०:३३
२६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालले कोशी प्रदेशमा आफ्ना पार्टीका नेता र जनप्रतिनिधिहरुमाथि आक्रमणका घटनाप्रति आक्रोश पोखेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तकै एमालेका सचिवसमेत रहेका सासद योगेश भट्टराईले बिहीबार कोशी प्रदेशका इलाम र उद्यपुरमा पार्टीका नेता तथा स्थानीय जनप्रतिनिधिहरुमाथि कोशी प्रदेशको नामप्रति असन्तुष्ट पक्षधरहरुले कालोमोसो दल्ने र गाडीमाथि ढुंगामुढा गरेर ज्यान लिने प्रयासका घटना भएको उल्लेख गर्दै सभामुख देवराज घिमिरेमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद भट्टराई गाडीमा डिजेल, मोबिल छर्केर एमालेका नेताहरुको हत्या प्रयास भएको भन्दै कोशीमा हिंसा भड्काउनेहरुलाई संरक्षण दिनेहरुको पहिचान गरी कारवाहीको दायरामा ल्याउन र घटनाबारे गृहमन्त्रीको जवाफ माग गरे । उनले कोशी प्रदेश नाम संविधानबमोजिम दुईतिहाई बहुमतले पारित गरेर राखेको र फरक मत राखेर नामको विरोधमा उत्रिएका पक्षले संविधानबमोजिम प्रक्रियाबाट आउन चुनौति दिए । उनले कोशीमा प्रदेशको नामाकरणको नाममा हिंसा भडकाउन खोजिरहेको बताए ।
‘कोशी प्रदेशका हिंसा कसले भडकाउन खोजिरहेका छन् ? एमालेका नेतामाथि डिजेल छर्केर हत्याको प्रयास गर्ने तहसम्मको घटनामा को को संलग्न छन् ?’ उनले प्रश्न गरे, ‘एमालेका नेताहरुलाई पक्राउ गर्ने र कारवाही नचलाउने हो भने गृहमन्त्रीले जवाफ दिनुपर्छ, एमालेले आफ्ना नेता कार्यकर्ताको सुरक्षा आफैंले गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार