नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको शेयरमा आवेदन नदिन आग्रह
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:२५:२
२६ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको शेयरमा आवेदन नदिन आग्रह गरेको छ । यस कम्पनीले आईपीओ जारी अनुमतिको लागि धितोपत्र बोर्डमा आवेदन नदिएको भन्दै शेयर खरिद नगर्न आग्रह गरेको हो ।
धितोपत्रसम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनु पर्ने व्यवस्था छ । सोहीअनुसार संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढीलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।
बोर्डको बिना स्वीकृति नेपालमा धितोपत्र निष्काशन गर्ने कार्य गैर कानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्ययवस्थाबाट लगानीकर्ताहरुको हितसंरक्षण नहुने जनाएको छ । कम्पनीले उक्त व्यवस्था विपरित बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरी शेयरमा आवेदन दिन आह्वान गरेको थियो ।
बोर्डले कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्काशनमा मात्रै लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
असोज २१, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार