विद्यार्थीको प्रश्न : सूर्तीजन्य पदार्थका विक्री वितरणमा प्रतिबन्ध किन नलगाउने ?
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:३१:३
२६ जेठ, बलेवा । जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने, “दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यसो नगर्ने ?” उनले राखेको धारणाको विषयमा जवाफ दिने निकाय त्यहाँ थिएन तर, उनले लागूऔषध दुरुपयोगको प्रस्थान विन्दु धूम्रपान हो भन्ने थाहा पाएपछि यो विषय राखेको हो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले आयोजना गरेको उपभोक्ता शिक्षा तथा लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक मदन केसीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । लागूऔषधबारे उनले केही बेर चर्चा गरेपछि विद्यार्थीले प्रश्न गरे । धेरैको चिन्ता थियो न्यून आय भएका परिवार र अनाथ बालबालिकालाई कसरी लागूऔषधबाट जोगाउने ? लागूऔषधमा लाग्नै नपर्ने वातावरण समाजले किन तयार नगर्ने ?
विद्यार्थी, अभिभावक र शिक्षक सहभागितामा उपभोक्ता शिक्षा र लागूऔषधसम्बन्धी सचेतना मूलक कार्यपत्र प्रस्तुतीपछि विद्यार्थी छलफलमा सहभागी भए । विद्यार्थीले कसैले नेपालमा कानुनीरुपमा धूम्रपानलाई निषेध गर्नुपर्ने माग गरे भने कसैले बधशाला निर्माण गरेर शुद्ध मासुजन्य पदार्थको उत्पादन गर्न माग गरे ।
“विद्यार्थीले उठाएका विषय जायज छन्, तर कानुन बनेर नआउँदासम्म हामीले केही गर्न सक्दैनौँ”, प्रनाउ केसीले भने, “हामीले चेतना फैलाउने हो, कानुनअनुसार कसुरदार भए कारबाही गर्ने हो ।” भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उपयोगका विषयमा चर्चा गरे । “मासु परम्परागत रुपमा प्रयोग गरिरहेका छौँ, कतिपय तरिका वैज्ञानिक छन्, कतिपय सुधार गर्नुपर्ने” सापकोटाले भने “के बुझ्न जरुरी छ भने मासु हाम्रा लागि जसरी उपयोगी खाद्यान्न हो त्यसै गरी सङ्क्रामक कीटाणुको खाना हो ।” सङ्क्रामक रोगको रुपमा रहेको मासुलाई विवेक पूर्ण प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले लागुऔषध दुव्र्यसनी र उपभोक्ता सचेतना घर घरमा पुग्नुपर्ने बताए । खड्काले विद्यार्थी सूचनाको संवाहक भएको भन्दै सकारात्मक सन्देश समुदायमा फैलाउन आग्रह गरे । उनले विद्यार्थीमा रहेको चासो लागुऔषध दुव्र्यसनीमा प्रतिवादी बन्ने बताए । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले परिवार र समुदायको हेलचक्य्राइँँ पनि लागुऔषध दुव्र्यसनी बढ्नुको कारण भएको बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख प्रेम अर्यालले खाद्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो । कार्यक्रममा गणेश माविकी छात्रा अनिसा चुँदाराले विद्यार्थीका तर्फबाट जिज्ञासा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१ लाख २६ हजार ४३५ जनाले बिहीबार नै छोडे उपत्यका
असोज १८, २०८१ शुक्रबार
राहत सामग्री नपाएको बाढीपीडितको गुनासो
असोज १८, २०८१ शुक्रबार
विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार