इलाम र उदयपुर घटनामा गृहमन्त्रीद्वारा दुःख व्यक्त
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:३३:२६
२७ जेठ, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कोशी प्रदेशका इलाम र उदयपुरमा प्रमुख पतिपक्षी दल नेकपा (एमाले)का नेता र स्थानीय जनप्रतिनिधिहरुमाथि भएको आक्रमणका घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मन्त्री श्रेष्ठले कोशी प्रदेशभित्र विभिन्न जिल्लामा भएका एमालेका नेता तथा जनप्रतिनिधिहरुमाथिको आक्रमण दुःखद् भएको र घटनामा संलग्नलाई खोजी गरी कारवाहीको दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराएका छन् ।
बैठकको सुरुमै एमालेका सचिव एवं सांसद योगेश भट्टराईले पार्टीका नेताहरुमाथि भइरहेका घटनाबारे सरकारको जवाफ माग गर्दै बैठक अवरुद्ध पार्ने चेतावनी दिएका थिए । त्यसपछि जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले घटनामा परेका नेताहरुसँग आफैंले कुराकानी गरेको र उनीहरुले सुरक्षा निकायका कारण आफूहरुलाई कुनै गम्भीर क्षति पुग्न नपाएको भन्दै सुरक्षाकर्मीको प्रसंसा गरेको बताए ।
साथै उनले कोशी प्रदेशका नेता तथा जनप्रतिनिधिहरुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइसकेको बताए । उनले आन्दोलनको नाममा हिंसात्मक र अराजक गतिविधि बन्द गरेर शान्तिपूर्ण बाटोमा आफ्नो माग राखेर जनतामो मन जित्न आग्रह गरे । अशान्त मच्चाउने र जनधनको सुरक्षामा खतरा पैदा हुने किसिमका गतिविधि बन्द गर्न आग्रह गरे ।
बिहीबार एमालेका केन्द्रीय सदस्य समेत रहेका कोशी प्रदेशसभा सदस्य राम रानामगरलाई इलाममा कार्यक्रममा पुगेका बेला पहिचानवादी आन्दोलनका कार्यकर्ताहरुले सडकमा ढुंगा थुपारेर गाडी रोकी मोविल छर्केर आक्रमण गरेको र कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, उदयपुरको त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई सवार गाडीमाथि ढुंगामुढा गरेर क्षति पुर्याएका थिए ।
सोही घटनालाई लिएर एमालेका सांसद भट्टराईले आजको बैठकमा सरकारकै संरक्षणमा आन्दोलनकारीहरुले छानीछानी एमालेका नेताहरुमाथि आक्रमण गरिरहेको आरोप लगाएका थिए । उनले सरकारले सुरक्षा नदिने हो भने एमाले प्रतिवादमा उत्रने चेतावनी दिएका थिए ।
गएको फागुन १७ गते प्रदेशसभाको बहुमत (९५) ले प्रदेशको नाम कोशी नामाकरण गरेपछि नामप्रति असन्तुष्ट जनाउँदै पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै आन्दोलन जारी राखेका छन् । आन्दोलनका क्रममा आन्दोलनकारी पदमबहादुर लिम्बूको ज्यान गएको छ । उनलाई सरकारले शहीद घोषणा गसिकेको छ । कोशी नाम खारेज गरी पहिचानको आधारमा नामाकरण नगरिएसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार