बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:५३:३९
२६ जेठ, भोजपुर । षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको रु तीन करोड १९ लाखको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
वडा नं १२ र १४ जोड्ने यो खोलामा २०७६ सालबाट पुल निर्माण सुरु गरिएको थियो । पुल तोकिएको मापदण्डानुसार निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले बताए । “बाङखुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ”, प्रमुख महतोले भने, “तोकिएको मापदण्डानुसार गुणस्तरीय ढङ्गले निर्माण भएको छ, यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुगेको छ ।” पच्चीस मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको कार्यालयले जनाएको छ ।
त्यस्तै सोही स्थान जनिकै बनिरहेको याकुवा खोला, नखुवा दोभान गङ्खुवा पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । उक्त पुल प्रदेश सरकारको रु पाँच करोड ४१ लाख लागतमा निर्माण भइरहेकोे प्रमुख महतो बताए । पचास मिटर लम्बाइ रहेको दुई स्पानमा बन्ने पुलको एउटा स्पानको ढलान सम्पन्न भएको महतोको भनाइ छ । “यी दुई पुलको काम एउटै निर्माण कम्पनीले गरिरहेको छ”, उनले भने, “यो पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।” अरुण गाउँपालिका क्षेत्रमा जग्गा विवाद भएको कारण काममा केही ढिला भएको उनले बताए ।
गङ्खुवा खोला पुल तोकिएको अवधिमा सम्पन्न गर्ने निर्माण कम्पनी गोल्डेन गुड शेर्पाका प्रोजेन्ट म्यानेजर पेम्बा शेर्पाले बताए । पुल आगमी असोजसम्म सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । “यो पुललाई तोकिएको अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ”, शेर्पाले भने, “आगामी असोजसम्म सम्पन्न गर्ने हाम्रो योजना छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
मन्त्री दाहालले गरे निर्माणाधीन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण
कात्तिक २६, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार