कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपैयाँ प्रदान गर्ने
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:५४:१९
२६ जेठ, काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रूपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ ।
नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायत, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि कुमारी बैंक लिमिटेडले उक्त सहयोग प्रदान गर्ने जनाएको छ ।
सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको कुमारी बैंक लिमिटेडले समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको छ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालज्यू तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाज्यूका बीचमा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार