बजेटले प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच खटपट, गठबन्धनबाट बाहिरिने चेतावनी
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:५८:२६
२६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला गोर्खा, अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धरामा मात्र धेरै बजेट वितरण गरिएको भन्दै गठबन्धनमा विरोध सुरु भएको हाे ।
मधेश प्रदेशमा पनि ज्यादै कम बजेट दिइएको भन्दै जनता समाजवादी दल असन्तुष्ट बनेको छ भने जनमत पार्टीले पनि बजेटप्रति असहमति जनाउँदै आएको छ । सत्ता गठबन्धनमा रहेको नेकपा समाजवादीले त अहिलेको बजेट कुनै पनि हालतमा पास हुन नदिने बताएको छ । नेकपा एसले त बजेट पारित हुने अवस्था आए सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी नै दिएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बरु गठबन्धनबाट बाहिर आउने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरू सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताए ।
उनले भने, ‘यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ । बरु गठबन्धन छाड्छौ ।’ भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरू र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताए । सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए । सरकार छोड्नुपरे परोस्, यो अन्याय सहनु हुँदैन, उनले भने ।
राजनीति विकृत हुनुको कारण भ्रष्टाचारले काम गरेको बताउँदै उनले नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको पनि बताए । ‘विना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ,’ उनले भने ।
आफूहरूले यसको परिवर्तन गर्न चाहेको उनले बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘असल बन्नसके, भ्रष्टाचारविरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भुटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरू विना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ । सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौँ ।’
नेकपा एसका अर्का नेता तथा उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले पनि अहिले कै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् । उपाध्यक्ष पाण्डेले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने चेतावनी दिएका छन् ।
उपाध्यक्ष पाण्डेले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०÷७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिए । उनले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।
यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको उनले बताए । उनले भने, ‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’ उपाध्यक्ष पाण्डेले अरू पार्टीहरूको इसारामा चल्दा पार्टी निर्माण गर्न नसकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार