काभ्रे फेस्ट सिजन ४ को अडिसन शनिबार बनेपामा हुँदै
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:६:२२
२६ जेठ, काभ्रेपलान्चोक । विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ हुने भएको छ । बनेपाको रोयल लाउन्ज बारमा शनिबार भाेली अडिसन हुन लागेको हो ।
मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा पहिलो चरणको अडिसन २७ गते रोयल लन्च ७ बारमा हुने भएको छ । उक्त अडिसनमा इक्छुक युवा युवतीहरुलाई यथासिघ्र फारम भरि अडिसनमा आउनको लागि आयोजक टिमले आह्वाहन गरेको छ । ३० जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम एल एण्ड एन मोडल एजेन्सी ले आयोजना गर्न लागिएको हो ।
आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट (सिजन ४” एउटा सुनौलो अवसर रहेको छ।
काभ्रे फेस्ट प्रतियोगितामा सहभागि हुन एक हजार रुपैयाको फारम शुल्क राखिएको काभ्रे फेस्ट प्रतियोगिताका निर्देशक नितिन कायस्थले जानकारी दिए । कायस्थले भने हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौँ । जहाँ हामी तपाईहरुलाई मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहने बताए ।
काभ्रे फेस्ट प्रतियोगितामा युवा युवतीहरुलाई लक्षित गरि मोडल पर्सनालिटीको प्रतिस्पर्धा गराइन्छ । जहा बिबाहित अबिबाहित महिला पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुने निर्देशक नितिन कायस्थले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
पुष १, २०८१ सोमबार
पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
पुष १, २०८१ सोमबार
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल
पुष १, २०८१ सोमबार
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः अर्थमन्त्री पौडेल
पुष १, २०८१ सोमबार