संसदमा एकीकृत समाजवादी र नाउपाको आक्रोशः ‘बजेट हुबहु पारित हुन दिँदैनौं’
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:१९:१७
२६ जेठ, काठमाडौं । शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति आक्रोश पोखेका छन् ।
बैठकमा बजेटमाथ छलफलमा भाग लिएका एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसन’ले सरकारले ल्याएको बजेटले तराईका जनतालाई अन्याय र विभेद गरेको भन्दै रोष व्यक्त गरे । उनले आफू सरकारको पक्षमा उभिनु पर्ने भएपनि संशोधन नभए बजेट जस्ताको तस्तै पारित हुन नदिने चेतावनी दिए । \
आजै मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट सुधार नभए विपक्षमा उभिने बताएका छन् । त्यसपछि सांसदमा बोलेका सोही दलका सांसद श्रेष्ठले आक्रोश पोखेका हुन् ।
उनले डडेल्धुरा, नुवाकोट र गोरखामा बजेटको ठूलो हिस्सा छुट्याएको कुरा आफूले सुनिरहेको भन्दै त्यसो भए विद्रोह हुने चेतावनी दिए ।
यस्तै नाउपाका सांसद लालबहादुर चौधरीले सरकारले ल्याएको बजेट बजेटले धेरै कुरा राम्रा समेटिएपनि तराई क्षेत्र र थारु समुदायको चाहना सम्बोधन नभएको भन्दै हुबहु रुपमा बजेटको पक्षमा उभिन नसक्ने बताए ।
उनले थारु समुदायमा लाग्ने सिकलसेल एनिमियाको उपचारका लागि ठोस कार्यक्रम समावेश गर्न अर्थमन्त्रीलाई सुझाव दिए । आफूहरुले उठाएका माग सम्बोधन नभए पारित गर्न सहयोग नगर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार