वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १५:३०:४९
२६ जेठ, बागमती । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई हेटौंडा उपमहानगरपालिकाले प्रथम पटक श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ ।
यसअघि श्रम स्वीकृतिका लागि वैदैशिक रोजगार विभाग पुग्नुपर्ने वाध्यता रहेको थियो । उपमहानगरपालिकाबाट श्रम स्वीकृति दिन थालेपछि सहज भएको बताइएको छ । श्रम स्वीकृतिका लागि वैशाख १ गतेदेखि अनलाइन प्रणालीको सुरुआत भएसँगै उक्त सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले सो उपहानगरपालिकाले सुरु गरेको छ ।
श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एक प्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैँक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौता पत्र, राहदानीको प्रतिलिपिसहित उपमहानगरपालिकाको रोजगार सेवामार्फत अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक विजन श्रेष्ठले जानकारी दिए ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार