बक्सअफिसमा भिड्दै अक्षय र सनी
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १५:३८:५६
२६ जेठ, मुम्बई । अभिनेता अक्षय कुमारले आगामी अगष्ट ११ लाई नयाँ फिल्म ‘ओएमजी २’को रिलिज मिति सार्वजनिक गरेका छन् । यही मितिमा अर्का अभिनेता सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । दुई ठूला स्टारको फिल्म एकै दिन रिलिज हुने भएपछि बक्सअफिसमा को अब्बल रहला भन्ने चर्चा बलिउडमा सुरु भएको छ ।
अक्षयको फिल्म सन् २०१२ मा रिलिज हिट फिल्म ‘ओएमजी–ओ माइ गड’को सिक्वेल हो । अक्षयले इन्स्टाग्राम स्टोरीमा फिल्मको पोस्टर राखेका छन्, पोस्टरमा उनलाई अघोरी अवतारमा देखाइएको छ । उनले एक हातमा डमरु बोकेर हात उचालेका छन् । पोस्टर निलो रंगमा डिजाइन गरिएको छ । पोस्टर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
फिल्म ‘गदर २’ मा सनी देवल, अमिषा पटेल र उत्कर्ष शर्माको अभिनय छ । यो फिल्म सन् २००१ को हिट फिल्म ‘गदर’को सिक्वेल हो । फिल्ममा अनिल शर्माको निर्देशन छ ।
‘ओएमजी २’को निर्देशन अमित रायले गरेका हुन् । फिल्ममा यामी गौतम, आमिर नाइक, फाहिम फाजिल, पंकज त्रिपाठीलगायतको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?
भदौ ३१, २०८१ सोमबार
थलापति विजयको अन्तिम फिल्मको घोषणा
भदौ ३०, २०८१ आइतबार
हलिउड गायिका स्विफ्टको समर्थन कमला ह्यारिसलाई
भदौ २६, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार