ओलीकाे ब्यंग्यप्रति जनार्दनको टिप्पणी: ‘माओवादीसँग चुम्बकीय शक्ति छ, तपाईंको सिंहदरबार यात्रा सहज छैन’

नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १५:३९:१

२६ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले माओवादीको शक्तिबिना नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार पुग्ने यात्रा मुश्किल रहेको बताएका छन् ।
यसअघि प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा एमाले अध्यक्ष ओलीले आइतबार मात्र २ घण्टा लामो बजेट टिप्पणीका क्रममा माओवादी ५३ बाट ३२ सिटमा झरेको र दुई माना कोदो पनि नफल्ने सुर्को बारी जत्रो बनेको भन्दै व्यंग्य गरेका थिए । यसैलाई लक्षित गर्दै शुक्रबारको बैठकमा शर्माले माओवादीसँग नेपालको राजनीतिक वातावरणलाई खिच्न सक्ने चुम्बकीय शक्ति रहेको बताए । र, राजनीतिक इतिहास माओवादीविना अपुरो हुने तर्क राखे ।
चुनावी परिणाममा पार्टी सानो बनेको तर संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको उनको भनाइ छ । ‘पार्टी संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी छड उनले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?’
उनले विगतका ओलीकै प्रधानमन्त्रीत्वकालका आफू अर्थमन्त्री रहँदा धेरै कुरा मिल्ने गरिएको, तर सत्ताबाट बाहिर परेपछि एमालेले अहिलेको बजेटप्रति कुण्ठा पोखेको आरोप लगाए । ओलीमा अहम्ता कायमै देखिएको भन्दै अहम्ताकै कारण एमालेमा क्षयिकरण नरोकिएको टिप्पणी गरे । ‘याद रहोस्, माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहनेछ ।’
उनले आफू अर्थमन्त्री रहँदा ल्याइएका आर्थिक नीतिका कारण देशभित्र उत्पादन क्षेत्रमा विस्तार र बाह्य लगानीकर्ताहरु आउने क्रम बढेको बताए । बजेटलाई सुधार गरेर पारित गरी शीघ्र कार्यान्वयनमा लैजान सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार