संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १७:९:१७
२६ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ मा प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार भएको धर्ना र प्रदर्शनमा जसपाका सांसद सहभागी भएका छन् ।
प्रमाणिकरणपछि नेपाल राजपत्रमा प्रकाशित भएर ऐन बनिसकेको अवस्थामा प्रमाणिकरणविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन गर्न रोक लगाएको छ ।
प्रमाणिकरण प्रक्रियाले संविधानको उल्लंघन गरेको जनाउँदै वरिष्ठ अधिवक्ताद्वारा बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले ऐन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सो मुद्दामा आजै मात्र सर्वोच्चमा बसेको एक संयुक्त इजलासले प्रमाणिकरण भएको कागज मगाउने आदेश दिएको छ ।
ऐनबारेका मुद्दा अदालतमा विचराधीन रहेको अवस्थामा सडकमा प्रदर्शन भइरहेको छ । मण्डलामा जम्मा भएका प्रदर्शनकारीहरुले ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ जस्ता प्लेकार्ड बोकेका छन् ।
उक्त धर्नाप्रति ऐक्यबद्धता जनाउँदै जसपाका प्रमुख सचेतक प्रदीप यादव माइतीघर मण्डलामा पुगेका हुन् । प्रदर्शनकारीले एमाले र एमाले नेतृत्व तथा पूर्वराष्ट्रपतिविरुद्ध चर्का नारा लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार