समानुपातिक सांसदले पनि खोजे सांसद कोषको रकम
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १७:२८:३८
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाका समानुपातिक तर्फबाट सांसदहरुले पनि सांसद विकास कोषको रकम पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक् वर्ष २०८०/८१ को बजेटमाथि छलफलमा धारणा राख्ने क्रममा समानुपातिक सांसदहरुले आफूले पनि कोषको रकम लिएर निर्वाचन क्षेत्रमा खर्च गर्न पाउनुपर्ने बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ मा प्रस्तुत गरेको आगामी आवको बजेटमा यसअघि हटाइएको सांसद विकास कोषको रुपमा चिनिने सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई ब्यूँताएर प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड वितरण गर्ने व्यवस्था गरिएको छ ।
यसपछि समानुपातिक सांसदहरुले आफूलाई सरकारले बजेटमा ‘सौतेनि व्यवहार’ गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । आफूहरु पनि सांसदकै हैसियत रहेकाले बजेटमा विभेद गर्न नमिल्ने उनीहरुको तर्क छ ।
शुक्रबारको बैठकमा बोल्ने क्रममा एमालेबाट ललितपुरका समानुपातिक सांसद देवीप्रकाश भट्टचनले सरकारले बजेटमामार्फत समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभाजनको रेखा कोरेको बताए । उनले समान व्यवहार नगरिए प्रत्यक्ष निर्वाचित सांसदलाई बजेट खर्च गर्न समस्या आउन सक्ने चेतावनी दिए ।
भट्टचनअघि बोल्ने केही सांसदले पनि समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रमा गरिने बजेट खर्चमा विभेद नगर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार