आरजु राणाले गरिन् संघ र प्रदेश सरकारको प्रशंसा
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १९:१०:५०
२६ जेठ, काठमाडौं । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणाले नेपाली राजनीतिको आगामी दिन चुनौतिपूर्ण रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्व. मिना पाण्डेको शोकसभामा बोल्दै नेपाली राजनीतिक भविष्य कांग्रेसको हात रहेको बताउँदै चुनौतिलाई चिर्न नसके गम्भीर चुनौतिको सामना गर्नुपर्ने अवस्था आउने बताइन् । चुनौति चिरेर पार्टी राजनीतिलाई ट्याकमा राख्न कांग्रेसका नेता कार्यकर्ता एकजुट हुनुको विकल्प नरहेको बताइन् ।
उनले दिवंगत पाण्डे पार्टीप्रति समर्पित रहेको बताउँदै कहिल्यै लाभको पदमा दाबी गरेको स्मरण गरिन् । ‘उहाँले आफ्नो पुरै जीवन नेपाली काङ्ग्रेस पार्टीप्रति समर्पित गर्नुभएको छ । उहाँको जीवनको अनुशरण गर्नुपर्छड उनले भनिन्, ‘स्वर्गीय पाण्डेको नेपाली कांग्रेसले सधैं उच्च सम्मान र मूल्यांकन गर्छ ।’
सांसद राणाले अहिले धेरै प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकारको रहेको र केन्द्रमा पनि मुख्य भूमिका निर्वाह गरिरहेको बताउँदै गठबन्धन नेतृत्वको सरकारका कामकारवाहीलाई जनतासाममू राम्रोसँग पुर्याउन नेता कार्यकर्ताहरुले भूमिका खेल्नुपर्ने बताइन् । संघ र प्रदेश सरकारका कामकारवाही सही तरिकाबाट अगाडि बढिरहेको भन्दै उनले दुवै तहका सरकारको प्रशंसा गरिन् ।
सरकारबाहिर रहेका राजनीतिक दलहरुले विभिन्न मिडिया प्रयोग गरी सरकारमा रहेका दल र त्यसमा कांग्रेसलाई जनतामाझ बद्नाम गराउन लागि परेको उनको भनाइँ थियो । पार्टीलाई बद्नाम गराउनेहरुविरुद्ध खरो रुपमा प्रस्तुत हुनु नै अहिलेको मुख्य कर्तव्य बनेको उनले बताइन् ।
शोकसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले स्व.पाण्डेको योगदानको चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार