बैशाखदेखि मूल्यवृद्धि दर घट्दो क्रममा रहेको राष्ट्र बैंकको दावी
नेपालबहस संवाददाता
जेठ २७, २०८० शनिबार ८:७:२९
२७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति घट्दो क्रममा रहेको दावी गरेको छ । विगतका महिनाहरूमा बढ्दै गएको मुद्रास्फीति (मूल्यवृद्धि दर) वैशाखमा भने घटेको उसको दावी छ । चालू आर्थिक वर्ष ०७९/८० को सुरुदेखि नै मूल्यवृद्धि दर बढी हुँदै मंसिर–पुसमा केही कम भए पनि पुनः बढ्दै गएको थियो । तर, वैशाखसम्म आउँदा मूल्यवृद्धि दर घट्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदन अनुसार वैशाखमा नेपालको उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशतमा सीमित भएको छ । गत फागुनमा ७.४४ प्रतिशत रहेको मूल्यवृद्धि चैतमा ७.७६ प्रतिशत पुगेको थियो । तर, वैशाखको मूल्यवृद्धि फागुनको भन्दा पनि कम अर्थात् ७.४१ प्रतिशतमा सीमित भएको हो । यो गत आवको सोही महिनाको तुलनामा पनि कम हो । गत आवको वैशाखमा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो । गत आवको औसत मूल्यवृद्धि भने ६.६२ प्रतिशत रहेको थियो ।
वैशाखमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति ५.५४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मसलामा २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटेलमा १४.८७ प्रतिशत, खाद्यमा १३.६९ प्रतिशत, दुग्ध तथा अन्डामा १०.४१ प्रतिशत र सुर्तीजन्य वस्तुमा ८.४९ प्रतिशतको मूल्यवृद्धि छ । यस्तै, गैर खाद्य तथा सेवा समूहतर्फ मनोरञ्जनमा १५.७५ प्रतिशत, वस्तु तथा सेवामा १३.०८ प्रतिशत, शिक्षामा १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुमा ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ८.२७ प्रतिशतको मूल्यवृद्धि छ । राष्ट्र बैंकका अनुसार वैशाखमा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशतको मूल्यवृद्धि दर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार