प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको पशुपति यात्रा धार्मिक कि राजनीतिक ?
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार ८:३६:१५
२८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रिपरिषदका सदस्यको पशुपति दर्शन धार्मिक कि राजनीतिक भन्दै प्रश्न उठेको छ । विभिन्न तहबाट पशुपतिको दर्शनमाथि टीका टिप्पणी सुरु भएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शन माथि प्रश्न उठाएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन । ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्विर राख्दै लेखेका छन, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा श्रृंखलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’
प्रधानमन्त्री प्रचण्डसहितको मन्त्रिपरिषदका सदस्यले शनिबार आज साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन गर्दै दर्शन गरेका थिए । उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए । उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती लगायत पनि सहभागी थिए ।
शनिबार साँझ केही मन्त्रीहरूसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार