वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने
इन्द्र रिजाल
चैत २८, २०७५ बिहिबार १५:५३:१४
काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ ।
विभागले हरेक वर्षझैँ यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ सप्ताहव्यापीरूपमा २४औँ वन्यजन्तु सप्ताह मनाउन लागेको हो ।
सप्ताहअन्तर्गत वन परिसर बबरमहलमा होर्डिङबोर्ड अनावरण, प्राकृतिक स्रोत संरक्षण समितिका सांसदद्वारा चितवन राष्ट्रिय निकुन्जको अवलोकन तथा चिडियाखाना जावलाखेलमा अन्तरक्रिया, माइतीघरमण्डलामा विद्यार्थीद्वारा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ ।
यसैगरी, सूर्यविनायकमा चरा अवलोकन, पाटन दरबार क्षेत्रमा सरसफाइ, ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने शीर्षकमा कविता वाचन, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ ।
विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले हरेक वर्षझैँ यस वर्ष पनि मुलुकमा भएका विभिन्न वन्यजन्तु संरक्षणका लागि ‘वन्यजन्तु सप्ताह’ मनाउन लागिएको जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’
मंसिर २५, २०८१ मंगलबार
दार्चुलामा हिमपात र वर्षा, अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
राससकर्मी पोखरा समाचारदाता शर्मा सम्मानित
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार