सोमालियामा अल–शबाबको आक्रमणमा ९ जनाको मृत्यु, २० घाइते
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १०:१९:२४
२८ जेठ, मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको एक होटलमा आतंकवादी संगठन अल–शबाबले गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सोमलिया सुरक्षा बलले होटलमा चलाएको ६ घण्टाको अपरेशन पछि अतिवादी हमलालाई अन्त्य गरेको थियो । त्यहाँबाट ८० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । सो क्रममा ३ सैनिकले ज्यान गुमाएका थिए भने सबै आक्रमणकारी मारिएका छन् ।
सरकारी अधिकारीहरूले आक्रमण भएको होटेल ‘पर्ल बिच’मा रहेको थियो, जुन होटललाई अलकायदा निकट अल शबाबको समुहले शुक्रबार राती देखी होटल कब्जा गरेको थियो। सोमालियाको सो चरमपन्थी समूह मोगादिसुका होटल र अन्य उच्च प्रोफाइल ब्यक्तिलाई लक्षित गरी आक्रमणहरू गर्नका लागि परिचित रहेको समुह हो ।
पर्ल बिच होटल नजिकै भएको आतंकवादी हमलाका कारण सडकमा रगत थियो र होटलका झ्यालका सिसा फुटेका थिए । एक प्रत्यक्षदर्शी हुसेन सद्दामले बीबीसीलाई भने, ‘आक्रमण हुँदा म समुद्र तटमा बसिरहेको थिएँ। होटलबाट मान्छे चिच्याएको आवाज आयो । गोलाबारीको निरन्तर आवाजले अवस्था त्रासमय थियो । र, मैले पछि नजिकै चारवटा शवसमेत देखेँ, जसमध्ये २ जना महिला र २ जना पुरुष थिए । अल्लाहलाई धन्यवाद छ कि म जीवित छु।’
अगस्ट २०२० मा पनि अल शबाबले एउटा होटेल कब्जा गरेको थियो, जुनबेला २१ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए । ३० घन्टासम्म चलेको सो अपरेशनपछि मानिसहरूलाई उद्धार गरी आतंककारीरुलाई मारिएको थियो। यस घटनापछि राष्ट्रपति हसन शेख महमूदले अल शबाबलाई जरैदेखि उखेल्ने वाचा गरेका थिए। राष्ट्रपति शेख महमूदले अल शबाबलाई देशको रगत पिउने समुहको रुपमा बर्णन गरेका थिए । सो समुहले प्रतिष्ठित होटल तथा प्रतिष्ठित ब्यक्तिहरुमाथी निशाना लगाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार