आमहड्तालले सुदूरपश्चिम ठप्प, गेटा मेडिकल कलेजबारे एमालेले माग्यो सरकारको धारणा
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १०:४६:३७
२८ जेठ, धनगढी । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आम हड्ताल गरिएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आम हड्तालको घोषणा गरेको हो ।
धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा ढुङ्गा प्रहार भएको भन्दै पक्राउ गरिएको हो ।
आन्दोलन चर्किएपछि नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणा बारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशबासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए । विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता जनाएको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेले आजको आम हड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता रहेको बताए । आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार